इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता हुने भएको छ।
इजरायली समाचार वेबसाइट वालाका अनुसार नेतन्याहू हङ्गेरीको भ्रमणपछि आइतबार बुडापेस्टबाट सिधै अमेरिका प्रस्थान गर्ने योजना छ।
इजरायली स्रोतलाई उद्धृत गर्दै इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार दुई नेताले संयुक्त राज्य अमेरिकाले सबै व्यापारिक साझेदारमाथि ट्रम्पको तथाकथित ‘पारस्परिक कर’ नीतिको एक भागको रूपमा इजरायली सामानमा लगाएको १७ प्रतिशत अतिरिक्त करबारे छलफल गर्ने अपेक्षा गरिएको छ।
ट्रम्पको घोषणाको अघिल्लो दिन इजरायलले संयुक्त राज्य अमेरिकाबाट आयात हुने सबै कर हटाएको थियो, तर यो कदमले ट्रम्पलाई इजरायलमाथि कर लगाउनबाट रोक्न सकेन।
करको मुद्दाका अतिरिक्त दुई नेताले इरानसँगको आणविक संकट र गाजामा जारी द्वन्द्वबारे पनि छलफल गर्ने अपेक्षा गरिएको छ।