×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका १०० देशमा लगाइएको कर (भन्सार शुल्क)को सूची जारी गरेका छन् ।

यो सूची राष्ट्रपति ट्रम्पको कार्यालयले आफ्नो एक्स ह्यान्डलमा पोस्ट गरेको छ । यस सूचीमा नेपालको नाम पनि समावेश छ । ट्रम्पले भारतमाथि २६ प्रतिशत कर लगाएका छन् ।

साथै, नेपालका अन्य छिमेकी देशमा फरक–फरक दरमा भन्सार लगाइएको छ । यस घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बङ्गलादेशमा ३७ प्रतिशत तथा म्यानमार र श्रीलङ्कामा ४४ प्रतिशत भन्सार लगाइएको छ ।

युरोपियन युनियन (ईयू)सहित एक सय ३५ वटा देशको सूचीमा नेपालको नाम भने देख्न सकिँदैन । तर ट्रम्पले छिमेकी भारतमाथि २६ प्रतिशत कर लगाएका छन् ।
साथै, नेपालका अन्य छिमेकी देशमा फरक–फरक दरमा भन्सार लगाइएको छ । यस घोषणामा चीनमा ३४ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बङ्गलादेशमा ३७ प्रतिशत तथा म्यानमार र श्रीलङ्कामा ४४ प्रतिशत भन्सार लगाइएको छ ।

ट्रम्पले ईयूमाथि २० प्रतिशत कर लगाएका छन् । उनले पहिले नै अप्रिल २ लाई ’मुक्ति दिवस’ भन्दै आएका छन् ।

यसअघि फेब्रुअरी ४ मा अमेरिकाले चीनबाट आउने सामानमा १० प्रतिशत कर लगाएको थियो । जुन मार्च ४ मा बढाएर २० प्रतिशत पुर्याइएको थियो ।

यसैबीच, अमेरिकाले मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट आयात हुने सामानहरूमा २५ प्रतिशत कर लगाएको छ । यसबाहेक, क्यानडाबाट ऊर्जासँग सम्बन्धित आयातमा १० प्रतिशत कर लगाइएको छ ।

लगाइएको कर शुक्रबादेखि लागू हुने बताइएको छ ।

Back to top