इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन् । हाल जेलमा रहेका खानलाई पाकिस्तानमा मानव अधिकार र लोकतन्त्रको प्रवद्र्धन गरेकोमा एकपटक फेरि नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको हो ।
सोको घोषणा नर्वेको राजनीतिक दल पार्टियट सेन्ट्रमसँग सम्बन्धित पाकिस्तान वल्र्ड एलायन्स (पीडब्ल्यूए)ले गरेको हो । राष्ट्रिय कोषको दुरुपयोग गरेको आरोपमा इमरान २०२३ देखि जेलमा रहेका बेला यो मनोनयन आएको हो ।
यसअघि २०१९ मा पनि भारतसँगको तनाव कम गरेकोमा उनको नाम नोबेल शान्ति पुरस्कारको लागि मनोनयन गरिएको थियो । पाार्टियट सेन्ट्रमले आइतबार माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गरेको छ । मनोनयन गर्ने अधिकार भएका कोही व्यक्तिसँग मिलेर पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कारको लागि मनोनित गरेको पोष्टमा भनिएको छ ।
२०१९ मा पनि भएका थिए मनोनित
इमरान खानलाई २०१९ मा नोबेल शान्ति पुरस्कारको लागि पनि मनोनयन गरिएको थियो । भारतसँगको तनाव कम गरे भन्दै २०१९ मा यो मनोनयन गरिएको थियो । उनको समर्थनमा पाकिस्तान संसदमा एक प्रस्ताव पेश गरिएको थियो, जसमा इमरान खानले बालाकोट हवाई आक्रमणपछि भारतसँगको तनाव कम गर्ने प्रयास गरेको भनिएको थियो ।