×

पेसावर । पाकिस्तानको पेसावरमा एक जना हिन्दु नागरिक नदीम अमीनको गोली हानी हत्या गरिएको छ । नदीमलाई इस्लाम धर्म अपनाउन अस्वीकार गरेका कारण गोली हानेर हत्या गरिएको हो ।

पेशावरको पोस्टल कोलोनीमा हत्या भएको बिबिसी उर्दुले जनाएको छ । शनिवार आफ्नो काम सकेर घर फर्किरहेका नदीममाथि गोली प्रहार भएको हो । ५६ वर्षीय नदीम पेसाले एक सरकारी संस्थानका कर्मचारी हुन् । गोली प्रहारपछि भागेका आक्रमणकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

नदीमका भाइ सागर अमीनले आफ्नो निवेदनमा कोलोनीमा रहेका बेला आफ्ना दाइमाथि मुश्ताकले गोली प्रहार गरेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘गोली लागेपछि घाइते भएका दाइलाई अस्पताल लैजाने तयारी गर्दै गर्दा मृत्यु भयो ।’

निवेदनअनुसार आरोपीहरूले दुई/तीन महिनादेखि नदीमलाई इस्लाम धर्म अपनाउन धम्की दिइरहेका थिए । तर पटक–पटकको धम्कीपछि पनि इस्लाम अपनाउन अस्वीकार गरेपछि उनको गोली हानी हत्या गरिएको उनका भाइ सागरले बिबिसीसँग भनेका छन् ।

भाना मारी प्रहरी चौकीका एसएचओ अजमल हयातले बिबिसी उर्दुसँग कुरा गर्दै हत्यापछि अभियुक्तहरू फरार भएका थिए । तर डिएसपी सिटी यख तुत सर्किलको नेतृत्वमा खटिएको एक विशेष टिमले मुश्ताकलाई चारसड्डा क्षेत्रबाट पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार प्रारम्भिक बयानमा मुश्ताकले नदीमको अमीनको हत्या आफूले गरेको स्वीकार गरेका छन् ।

Back to top