×

म्यानमारमा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४४ पुगेको पुष्टि भएको छ। ७३२ जना घाइते भएका छन्।

अमेरिकी जिओलोजिकल सर्वे युएसजीएसका अनुसार भूकम्पको तीव्रता अनुसार म्यानमार र थाइल्याण्डमा भूकम्पबाट १० हजार मानिसको मृत्यु भएको अनुमान छ।

तर म्यानमारका सैन्य शासन प्रमुख मिन आङ हल्येङका तर्फबाट सार्वजनिक भएको विवरणमा मानवीय क्षतिको संख्या न्यूनमात्रामा राखिएको छ । उक्त सरकारका अधिकारीहरुले मृतक र घाइतेहरुको संख्या बढ्ने सम्भावना रहेको बताएका छन्। म्यानमारमा गएको ७.७ म्याग्नीच्युडको भूकम्पबाट थाइल्याण्डसमेत प्रभावित भएको छ । थाइल्याण्डमा अहिलेसम्म ३ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

घाइतेहरुको सम्पूर्ण विवरण सार्वजनिक गरिएको छैन । म्यानमार भूकम्पले कैयौँ आवसीय भवन ध्वस्त भएका छन्। साथै थुप्रै निर्माणाधीन भवनमा मजदुर फसेका छन् । उनीहरुको खोजी र उद्धार कार्य जारी छ। भूकम्पको धक्का यी दुई देशबाहेक चीनमा पनि महसुस गरिएको थियो । तर चीनमा भने ठूलो क्षतिको कुनै पनि विवरण सार्वजनिक भएको छैन।

Back to top