×

म्यानमारमा शुक्रबार दिउँसो ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण र जर्मनीको जिएफजेड भू–विज्ञान केन्द्रले प्रारम्भिक प्रतिवेदनहरूले म्यानमारमा केन्द्रविन्दु भएको यो मध्याह्नको कम्पन १० किलोमिटर गहिरो भएकाे बताएका छन् ।

स्थानीय समय अनुसार दिउँसो १ः३० बजे भूकम्प गएको हो । तत्काल कुनै क्षति वा हताहतको खबर आएको छैन । भूकम्प यति शक्तिशाली थियो कि केही अग्लो उचाइमा भूकम्पले हल्लाउँदा तालबाट पानी बाहिर निस्किएको थियो । यस भूकम्पको धक्का थाइल्यान्डको राजधानी बैंककसम्म महसुस गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु मध्य म्यानमारको मोन्याउ सहरबाट करिब ५० किलोमिटर पूर्वमा थियो । गृहयुद्धको बिचमा रहेको म्यानमारमा भूकम्पको प्रभावको तत्काल कुनै रिपोर्ट आएको छैन ।

यसैगरी, म्यानमारको ‘म्यानमार नाउ’ का अनुसार, मन्डलेको ऐतिहासिक मन्डले दरबारको केही भाग गम्भीररूपमा क्षतिग्रस्त भएको छ। उही समयमा सागाइङ क्षेत्रको सागाइङ टाउनसिपमा रहेको एउटा पुल भूकम्पमा पूर्णरूपमा ध्वस्त भएको छ।

नजिकैका अन्य शहरहरू, जस्तै क्याउक्से, प्यिन ओओ ल्विन र श्वेबोमा पनि भूकम्पबाट क्षति पुगेको छ । साथै थाइल्याण्ड, भारत र चीनलगायत छिमेकी देशहरूमा भूकम्पका झट्का महसुस गरिएको छ । 

Back to top