बेलायती प्रधानमन्त्री किर स्टार्मरले पेरिसमा युरोपेली नेताहरूको सम्मेलनले बिहीबार रूसविरुद्धका प्रतिबन्ध हटाउन नहुने बरु मस्कोले युक्रेनाविरुद्धको युद्ध नरोकुञ्जेल बढाउनुपर्छ भन्नेमा सहमति जनाएका छन्।
‘प्रतिबन्धहरू हटाउने समय अहिले बिल्कुल पनि होइन, यसको विपरीत, हामीले के कुरामा छलफल गर्यौँ भने कसरी अमेरिकी पहलमा थप दबाव दिएर रूसलाई वार्ता गर्न बाध्य पार्न सकिन्छ’, स्टार्मरले युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भने। जेलेन्स्कीले पनि रूसले कुनै पनि किसिमको शान्तिनचाहने प्रतिक्रिया दिए।
एउटा छुट्टै ब्रिफिङमा जर्मन चान्सलर ओलाफ स्कोल्जले रूसविरुद्धका प्रतिबन्ध हटाउनु ‘गम्भीर गल्ती’ हुने र शान्ति नआउञ्जेल ‘कुनै अर्थ नहुने बताए।
‘शान्ति वास्तविक रूपमा प्राप्त नभएसम्म प्रतिबन्धहरू अन्त्य गर्नुले कुनै अर्थ राख्दैन र दुर्भाग्यवश हामी त्यसबाट अझै धेरै टाढा छौँ’, स्कोल्जले भने।
जेलेन्स्कीले रुसले यो युद्ध नरोकुञ्जेल कुनै पनि प्रकारका प्रतिबन्धहरू हटाउन नहुने र यसको सट्टा यसमा थप दबाब, प्रतिबन्धहरूको थप प्याकेजल्याउनुपर्ने तर्क गरे।
स्टार्मरले जेलेन्स्कीलाई युक्रेनसँग ‘लामो समयसम्म हाम्रो पूर्ण समर्थन छ’ भन्दै युक्रेनमा ‘शक्तिद्वारा शान्ति’ हेर्नका लागि आफू ‘दृढ’ रहेको बताए। उनले युक्रेनमा शान्तिको खोजीमा रुसले ‘ढिलाइ गर्ने प्रयास’ गरेको आरोप लगाए।
कुनै पनि युद्धविरामपछि युरोपले युक्रेनलाई बलियो बनाउन खोजिरहेको बेला स्टार्मरले भने, ‘हामीले शान्तिलाई आश्वस्त पार्ने योजनाहरू-इच्छुकहरूको गठबन्धन- तिनीहरू हवाई, भूमि वा समुद्रमा भए पनि सैन्य र परिचालनबारे छलफल गर्यौँ।’ ‘हामी आगामी दिन र हप्ताहरूमा सुरक्षा प्रत्याभूतिहरूमा काम गर्नेछौँ’, जेलेन्स्कीले भने।