×

पाकिस्तानको तथ्याङ्क ब्यूरो (पीबीएस) को तथ्याङ्क अनुसार आर्थिक वर्ष सन् २०२४–२५ (जुलाई २०२४ देखि जुन २०२५) को पहिलो छमाहीमा पाकिस्तानको खाद्यान्न निर्यात १३.८३ प्रतिशतले बढेको छ।

सोमबार आफ्नो वेबसाइटमा प्रकाशित पीबीएस तथ्याङ्कले निर्यात बढेर ४३.९६ अर्ब अमेरिकी डलर पुगेको देखाएको छ।

यस अवधिमा चामलको मूल्य वार्षिक रूपमा १४.५ प्रतिशतले बढेर एक अर्ब ८७ करोड डलर पुगेको र कुल निर्यात ३५ लाख टन पुगेको छ।

पीबीएसले ईयु र बेलायतबाट निरन्तर मागले गर्दा उक्त वृद्धिमा महत्वपूर्ण योगदान पुगेको बताएको छ।

प्रतिवेदनले चिनीको निर्यात अघिल्लो वर्षको सोही अवधिमा ३३ हजार १०१ टनबाट सन् २०२४ जुलाई–डिसेम्बरमा बढेर छ लाख ३२ हजार ८०४ टन पुगेको बताएको छ।

यसैबीच, प्याजलगायत तरकारीको निर्यातमा १.७१ प्रतिशतले वृद्धि भएको छ भने  माछाजन्य उत्पादनको निर्यातमा १.४७ प्रतिशतले सामान्य वृद्धि भएको पीबीएसले जनाएको छ। 

 

Back to top