×

फोर नेसन्स कप अन्तराष्ट्रिय महिला फुटबल नेपालमा आयोजना हुने भएको छ। 

आगामी माघ ४ गतेदेखि माघ १३ गतेसम्म हुने प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथरंगालामा हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

प्रतियोगितामा आयोजक नेपालसहित काजकिस्तान, म्यानमार र लेबनानसहित चार टोलीले सहभागिता जनाउनेछन्। 

एन्फाले उक्त प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल विन्डोमा खेलाउन लागेको जनाएको छ।

Back to top