×

वीरगञ्ज ।  हिमालयन बैंक लिमिटेडले  यही  पुस २९ गते  बत्तीसौं  वार्षिक  साधारणसभा बोलाएको छ।

बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित नेपाल आर्मी अफिसर्स क्लबमा बिहान १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो।

बैंकले साधारण सभाका लागि लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव समावेश गरेको छैन। साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, स्वतन्त्र सञ्चालकको नियुक्ति र खर्च अनुमोदन गर्नेछ।

त्यसैगरी प्रिमियम सहित ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) गर्ने र एफपीओ निष्कासनपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले सोही बमोजिम प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस १८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। यसको आधारमा पुस १७ गतेसम्म कायम शेयरधनी साधारण सभामा भाग लिन सक्नेछन्।

Back to top