×

वीरगञ्ज । एसबिआई बैंक र एईसी ग्लोबल नेपालबीच बिदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरु लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एईसी ग्लोबल नेपालका तर्फबाट निर्देशक अजित सिङले हस्ताक्षर गरे ।

यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ । सो कार्यक्रममा बैंक तथा एईसी ग्लोबल नेपालका अन्य पदाधिकारीहरु समेतको उपस्थिति थियो ।

Back to top