×

फाइल तस्बिर ।

अमेरिकी राष्ट्रपति चुनावको प्रचारप्रसार अहिले लगभग अन्तिम चरणमा पुगेको छ । चुनावी अभियानलाई ध्यानमा राख्दै रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले न्यूयोर्कमा ठूलो र्‍याली निकालेका छन् ।

र्‍यालीलाई सम्बोधन गर्दै रिपब्लिकन उम्मेदवारले आफ्नो पुरानो नारा ‘अमेरिका फर्स्ट’ दोहोर्‍याएको बिबिसीले जनाएको छ । सन् २०१६ मा ट्रम्प पहिलो पटक राष्ट्रपति बनेपछि उनले ‘अमेरिका फर्स्ट’को नारा दिएका थिए । यसबाहेक ट्रम्पले सन् २०२० को अमेरिकी चुनाव पनि यही नाराका साथ लडेका थिए ।

आफ्नो सम्बोधनमा ट्रम्पले अमेरिकालाई सुरक्षित, स्वच्छ र सुन्दर बनाउने वाचा गरे । उनले अमेरिकी बालबालिकालाई देशको झन्डाको सम्मान गर्न सिकाउने पनि बताए ।

अमेरिकीहरूलाई बन्दुक राख्ने अधिकार दिने अमेरिकी संविधानको दोस्रो संशोधन पनि खतरामा रहेको ट्रम्पले बताए ।

Back to top