×

इजिप्टको राजधानी कायरोको उत्तरमा रहेको शार्किया प्रान्तमा शनिवार दुई रेल एकापसमा ठोक्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । ४९ जना घाइते भएका इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

घाइतेमध्ये ४४ जनाको स्वास्थ्य अवस्था स्थिर छ । पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मन्त्रालयले यसअघि शार्कियाको जागाजिग सहरमा भएको दुर्घटना स्थलमा ३९ एम्बुलेन्सलाई घाइतेको उद्धारका निम्ति पठाइएको जनाएको थियो ।

शार्किया प्रान्तका गभर्नर हाजेम अल–अशमोनीले दुई रेलबाट सबै यात्रुलाई बाहिर निकालिएको जानकारी दिए ।

इजिप्टको राष्ट्रिय रेलवे प्राधिकरणले दुर्घटनाको प्राविधिक कारण पत्ता लगाउन विशेषज्ञको समिति गठन गरिएको जनाएको छ ।

Back to top