×

वीरगञ्ज । एसईईमा ननग्रेड (एनजी) ल्याएका विद्यार्थीहरुको परीक्षा अहिले चलीरहेको छ । यसअघि नै उतिर्ण भइसकेका विद्यार्थी पनि के पढ्ने र कहाँ पढ्ने भन्ने अन्यौलमै छन् । एसईईको नतिजा प्रकाशन पछि नै सबैभन्दा धेरै अन्यौल हुने र के गर्ने भन्ने द्विविधामा पर्ने समय हो । 

कक्षा ११ र १२ लाई नै भविष्यको जग पनि मानिन्छ । जसले गर्दा यो समय सही विषय र सही ठाउँमा व्यतित गर्न सके भविष्य उज्जवल बन्छ भन्ने विश्वास विद्यार्थीमा हुन्छ । विद्यार्थीको त्यही विश्वासलाई पूरा गर्नका लागि वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवास्थित ज्ञानदा एकेडेमी तपाईको रोजाईको गन्तव्य बन्न सक्छ । 

विद्यार्थी तथा अभिभावकले स्कुल रोज्ने आधार हुन् स्कुलको संरचना, शैक्षिक गुणस्तर,  व्यवस्थापन, शिक्षकहरुको योग्यता र क्षमता, कक्षाकोठासँगै प्रयोगशाला, पुस्तकालय अतिरिक्त क्रियाकलापको अवस्था आदि । 

माथि उल्लेखित क्षेत्रसँगै गुणस्तरीय शिक्षा र परिणामुखी नतिजाका लागि कहलिएको ज्ञानदा एकेडेमी वास्तवमै ज्ञानवद्र्धक गन्तव्य साबित भएको छ । एक दशक भन्दा लामो समयदेखि वीरगञ्जमा रहेर शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको ज्ञानदा एकेडेमी भौतिक पूर्वाधारले सुविधा सम्पन्न छ । साढे तीन विघा क्षेत्रफलमा फैलिएको ज्ञानदामा अहिले करिब १३ सय विद्यार्थी अध्ययनरत छन् । 

करिब पाँच सय विद्यार्थीबाट पछिल्लो दुई वर्षको अन्तरालमा १३ सय विद्यार्थी बनाउन एकेडेमीले अथक मेहनत गरेको एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइराला दाबी गर्छन् । एकेडेमीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी कोइरालाले काँधमा हालेको साउन १२ गते दुई वर्ष पुगेको छ । यात्रा डेलीसँगको संवादमा उनले भने, ‘मैले नेतृत्व लिएको हो, तर मेरो एक्लो प्रयासले यो सफल भएको हैन । एकेडेमीलाई यो अवस्थासम्म ल्याउनका लागि प्रवेशद्वारमा सुरक्षार्थ खटिने सुरक्षाकर्मीदेखि शिक्षक तथा अन्य कर्मचारी सबैको मेहनतले यो सफल भएको हो ।’ 

व्यवस्थापन समितिको उदारता र सकारात्मक प्रतिक्रियाले आफुलाई परिवर्तीत एवम् परिस्कृत ढंगले काम गर्ने ऊर्जा थपेको कोइराला बताउँछन् । उनी भन्छन्, ‘म आफुलाई भाग्यमानी ठान्छु कि मैले यति धेरै उदार व्यवस्थापन समिति पाएको छ । मैले कुनै पनि काम सुरु गर्न खोज्दा व्यवस्थापन समितिबाट कहिलै पनि रोकटोक भएको छैन ।’ सञ्चालक समितिका अध्यक्ष सन्दिप तुल्स्यानको शिक्षा प्रतिको लगाव र गुणस्तरीय एवम् विश्वसनीय शिक्षा प्रवाह गर्ने अठोटका कारण आफुलाई झनै हौसला मिलेको कोइरालाको भनाई छ । 
 
पिजि देखि १२ कक्षासम्म पठनपाठन हुने ज्ञानदा एकेडेमीमा कोइरालाले पाइला टेकेसँगै संस्कृत विषयको अध्यापन थालियो । ज्ञानदामा कक्षा एक देखि सात कक्षासम्म संस्कृत विषयको पठनपाठन हुँदै आएको छ । संस्कार, संस्कृति र साहित्यले व्यक्तिलाई सभ्य, अनुशासित र मर्यादित बनाउने विश्वास व्यक्त गर्दै उनले एकेडेमीमा संस्कृत विषयको अध्यापनले विद्यार्थीमा धेरै परिवर्तन आएको दाबी गरे । उनले थपे, ‘सुरुमा संस्कृत विषय सुरु गर्दा कतिपयले नकारात्मक टिप्पणी पनि गरेका थिए । तर अहिले विद्यार्थीमा आएको परिवर्तनले संस्कृत विषयको सकारात्मक प्रभाव देखिन थालेको छ । संस्कृतका अप्ठ्यारा शब्द उच्चारण गर्न सक्ने विद्यार्थीले जुनसुकै भाषा पनि सजिलै सिक्न सक्छन् ।’ 

गत शैक्षिक सत्रदेखि नै विज्ञान र व्यवस्थापन संकायबाट प्लस टु सम्मको अध्यापन  सुरु गरेको एकेडेमीले यस वर्षदेखि कानुन संकाय पनि थप गरेको छ । जसमा विद्यार्थीको भर्ना पनि सोचे भन्दा राम्रो भएको प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए । शैक्षिक गुणस्तर, पूर्वाधार, सिकाउने शैली लगायत विद्यार्थीले रोजेको र खोजेको गुणस्तर भेटिएमा विद्यार्थी खोज्नै नपर्ने उनी बताउँछन् । 

विद्यालयकी सहायक प्रधानाध्यापक जागृती मिश्रकाअनुसार एकेडेमीमा मोवाईल ल्याउन प्रतिबन्ध लगाइएको छ । साथै विद्यार्थीले मोटरसाइकल पनि ल्याउन नपाउने उनले बताइन् । आवतजावतका लागि एकेडेमीले नै बसको व्यवस्था गरेको छ । विद्यालयमा हरेक दिन हुने बिहानको सभा (एसेम्बली) मा प्रत्येक दिन फरक–फरक विद्यार्थीलाई बोल्न लगाइन्छ । 

यसका अलावा विद्यालयमा नेपाली र अंग्रेजीको छुट्टै समय तालिका बनाइएको छ । जसमा हरेक दिन सबै विद्यार्थीले एकेडेमीका सिईओ कोइराला समक्ष वक्तव्य प्रस्तुत गर्नुपर्छ । यसले गर्दा विद्यार्थीको व्यक्तित्व विकास र क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगीरहेको कोइरालाको जिकिर छ । विद्यार्थीलाई रचनात्मक, सिर्जनात्मक एवम् आलोचनात्मक बनाउन एकेडेमीले हरसम्भव प्रयास गरीरहेको उनी बताउँछन् । विद्यार्थीसँगै शिक्षकका लागि पनि साप्ताहिक रुपमा लेसन प्लान बुझाउनुपर्ने व्यवस्था एकेडेमीले गरेको छ । जसमा सबै शिक्षकले कुन विषयमा के के पढाएको भन्ने साप्ताहिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुपर्छ । 

ज्ञानदाले शिक्षासँगै खेल क्षेत्रलाई पनि प्राथमिकतामा राखेको छ । आउट डोर तथा इन्डोर खेलहरुमा विद्यार्थीलाई सहभागि गराइन्छ । एकेडेमीको आफ्नै खेल मैदान र आफ्नै पौडी पोखरी छ । क्रिकेट, फुटबल, बास्केटबल, पौडी, संगीत, नृत्य, आर्ट, टेबुल टेनिस, ब्याडमिन्टन लगायतका विभिन्न किसिमका खेलकुदका लागि छुट्टाछुट्टै प्रशिक्षकको व्यवस्था गरिएको छ । एकेडेमीमा योगा कक्षा पनि सञ्चालन हुन्छ । खेलकुदकै विकासका लागि एकेडेमीले विद्यालयमै नेशनल नेशनल स्पोर्टस एकेडेमी स्थापना गरी सञ्चालन गरीरहेको छ । जसको ब्राण्ड एम्बेसडरमा राष्ट्रिय क्रिकेट खेलाडीद्वय आशिफ र आरिफ शेख छन् । 

एकेडेमीको आफ्नै छात्रावास (होस्टेल) छ । जहाँ वीरगञ्ज भन्दा बाहिरका विद्यार्थी बसीरहेका छन् । अहिले जनकपुर, रौतहट लगायतका स्थानका विद्यार्थी छात्रावासमा बसीरहेका छन् । हरेक क्षाकोठासँगै एकेडेमी ८७ वटा सिसिटिभी क्यामरामार्फत प्रत्यक्ष निगरानीमा हुन्छ । गत वर्ष मात्रै २७ जनालाई निष्कासित गरिएको पनि एकेडेमीकी सहायक प्रधानाध्यापक मिश्रले जानकारी दिइन् । 

एकेडेमीका सिईओ कोइरालाकाअनुसार विद्यालयमा १२५ जनाले प्रत्यक्ष रुपमा रोजगारी प्राप्त गरेका छन् । पूर्व प्राथमिक तह तथा प्राथमिक तहको शिक्षण सिकाईलाई बढी प्राथमिकता दिइएको उनको भनाई छ । बालबालिकाको भविष्य उज्जवल बनाउनका लागि जग बलियो बनाउनुपर्नेमा जोड दिइएको उनले बताए । 

पूर्व प्राथमिक तहका विद्यार्थीको प्रभावकारी शिक्षण सिकाईका लागि भनेर एकेडेमीले छिमेकी राष्ट्र भारतका दक्ष शिक्षकलाई राखेका छ । दार्जिलिङ्, सिक्किम, कोलकता, खर्साङसँगै काठमाण्डौका दक्ष जनशक्ति ज्ञानदामा कार्यरत छन् । कोइरालकाअनुसार एकेडेमीमा बाहिरकासँगै अधिकांश कर्मचारी वीरगञ्ज आसपासकै छन् । 

एकेडेमीमा एक हजार जना अट्ने क्षमता भएको आफ्नै बहुउपयोगी हल छ । जहाँ विद्यालयले विभिन्न किसिमका कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ । विद्यार्थीको क्षमता अभिवृद्धिका लागि विभिन्न क्षेत्रका प्रतिष्ठीत व्यक्तिहरुलाई एकेडेमीमै आमन्त्रीत गरेर विद्यार्थीसँग प्रत्यक्ष अन्तरक्रिया तथा भलाकुसारी गर्ने अवसर पनि विद्यालयले दिँदै आएको छ । निकट भविष्यमै स्नातक तहका कार्यक्रम सञ्चालन गर्ने गरी विद्यालयले तयारी पनि गरीरहेको छ । 

ज्ञानदामा गरिब, विपन्न एवम् जेहेन्दार विद्यार्थीको लागि आंशिकदेखि पूर्ण छात्रवृत्तीको समेत व्यवस्था गरिनुका साथै सर्वसुलभ मूल्यमा गुणस्तरीय र विश्वसनीय शिक्षा दिइरहेको प्रमुख कार्यकारी अधिकृत कोइरालाले बताए । एकदम धेरै महङ्गो र निश्चित समुदायका विद्यार्थीको विद्यालय मात्रै हो भन्ने भ्रमलाई तोड्दै सबै जातजाती, सबै वर्ग, सबै धर्म तथा सबै लिंगका विद्यार्थीको समावेशीमुलक सहभागिता रहेको पनि उनले स्पष्ट पारे ।

Back to top