वीरगञ्ज । टेक्नो नेपालले क्रिकेटर आरिफ शेख र आसिफ शेखलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रमका बीच टेक्नो ब्रान्डले उनीहरुलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो ।
टेक्नो मोबाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अरिजित तलपात्राले साझेदारीको बारेमा टिप्पणी गर्दै भने, ‘हामी आरिफ शेख र आसिफ शेखलाई टेक्नो नेपालको ब्रान्ड एम्बेसडरका रुपमा स्वागत गर्न पाउँदा उत्साहित छौँ । उनीहरुको खेलकुदप्रतिको समर्पण हाम्रो ब्रान्डको स्टप एट नथिङ्सँग मेल खान्छ । हामी आशा गर्छाै कि टेक्नोसँगको उनीहरुको सम्बन्धले हाम्रो ब्रान्ड छवि र युवाहरुको संलग्नतालाई अझ उच्च बनाउनेछ ।’
सो अवसरमा आरिफ शेखले भने, ‘म यो साझेदारी र यसले दर्शकहरुलाई संलग्न गराउने सम्भावनाहरुबाट उत्साहित छु । एक क्रिकेटरको हैसियतमा म टेक्नोको उत्कृष्ट प्रविधिको कदर गर्छु । किनकी खेल जगतमा मेरोे उत्कृष्टताको खोजी यसको लक्ष्यसँग मिलेको छ ।’
आसिफ शेखले थपे, ‘टेक्नो नेपालको उत्कृष्टता मेरो जोश र जाँगरसँग पूर्ण रुपमा मिल्दोजुल्दो रहेको छ । यस अत्याधुनिक प्रविधि टेक्नोको एम्बेसडर हुन पाउँदा गौरवान्वित महसुस गरेको छु । यसले मलाई फ्यानहरुसँग जोडिने अवसरहरु सिर्जना गर्नेमा विश्वस्त छु ।’
टेक्नो नेपालका पार्टनर सन्तोष भण्डारीले आरिफ शेख र आसिफ शेखलाई ब्रान्ड एम्बेसडरको रुपमा पाउँदा हर्षित भएको प्रतिक्रिया दिए । कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह र क्यानका सचिव पार खड्का समेतको उपस्थिती रहेको थियो ।
टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरुमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो ।