आजको डिजिटल युगमा मोबाइल फोनको प्रयोग अत्यधिक बढिरहेको छ । तर, यसको लामो समयसम्मको प्रयोग खासगरी आँखाका लागि राम्रो मानिँदैन ।
लामो समयसम्म मोबाइल फोनको स्क्रिन हेर्दा आँखा दुख्ने, टाउको दुख्ने, दृष्टि धमिलो हुने, टाढाको वस्तु देख्न कठिनाइ हुने, आँखा सुख्खा हुने, निद्राको गुणस्तरमा असर पर्ने जस्ता समस्या देखिन सक्छ ।
अत्यधिक मोबाइल प्रयोगले आँखाको स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्छ । तर, सही तरिकाले प्रयोग गर्दा यी जोखिमहरू कम गर्न सकिन्छ ।
कसरी कम गर्ने जोखिम ?
यी कुराहरूलाई अपनाएर हामी आफ्नो आँखाको सुरक्षा गर्न सक्छौँ । याद राख्नुहोस्, स्वस्थ आँखा नै स्वस्थ जीवनको आधार हो ।