×

आइसीसी टी–२० विश्वकपमा पपुवा न्यूगिनी (पीएनजी) ले युगान्डालाई ७८ रनको सामान्य लक्ष्य दिएको छ। 

प्रोभिडेन्स स्टेडियम, गुयानामा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्यूगिनी १९ दशलमव १ ओभरमा सबै विकेट गुमाउँदै ७७ रन बनाएको हो। ब्याटिङ नचल्दा पीएनजी सामान्य लक्ष्यमा सीमित भयो। 

पीएनजीका हिरीहिरीको १५ रन नै सर्वाधिक रह्यो। युगान्डा र पीएनजीको जारी विश्वकपमा दोस्रो खेल हो। दुवै टोली पहिलो खेलमा पराजित भएका छन्।

Back to top