×

वीरगञ्ज । नेकपा एमाले पर्साको मतगणना सम्पन्न भएको छ । जसअनुसार अध्यक्षमा यसअघि नै डा. बिशम्भर शर्मा निर्विरोध निर्वाचित भइसकेका थिए । उपाध्यक्षमा छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज गुप्ता निर्वाचित भएका छन् । 

सचिवमा महेश दास निर्वाचित भएका छन् भने उपसचिवमा नविजान अन्सारी र महिला उपसचिवमा सीता लामा निर्वाचित भएकी छिन् । 

लेखा समितिको अध्यक्षमा शिवजी गुप्ता निर्वाचित भएका छन् । लेखा समितिकै उपाध्यक्षमा यसअघि नै गोबिन्द प्रताप श्रेष्ठ निर्वाचित भइसकेका थिए । 
 

Back to top