×

वीरगञ्ज । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादव नेता तथा कार्यकर्ता रिझाउने दोडधुपमा छन् । मुख्यमन्त्री यादव शनिवार वीरगञ्ज पुगेका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपाल  विभाजन भएसँगै यादव आफ्नो पक्षमा आउनका लागि आग्रह गर्दै नेता कार्यकर्तासँग भेटघाट गरीरहेका छन् । 

उनले वीरगञ्जको होटल भिस्वामा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा कार्यरत पदाधिकारीसँग गोप्य बैठक गरी छलफल गरेका छन् ।  यस्तै उनले अन्य नेताहरुसँग पनि भेटघाट गर्ने कार्यतालिका रहेको छ । 

जसपा नेपाल विभाजित भएसँगै अल्पमतमा परेका मुख्यमन्त्री यादवले सरकार टिकाउन र आफ्नो मुख्यमन्त्री पद बचाउनका लागि हरसम्भव प्रयास गरीरहेका छन् । 

एमाले र माओवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा रहेका यादवले आफ्नै नेतृत्वको सरकार रहने दाबी गरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव एवम् वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह लगायत पर्साका अधिकांश नेताहरु जसपा नेपालबाट बाहिरिएर जसपामा भएका कारण मुख्यमन्त्री यादव आफ्नो पक्षमा ल्याउने योजनाबमोजिम भेटघाट गर्ने कार्यलाई तिव्रता दिएका छन् । 

यही समयमा मन्त्रीमा नियुक्त भएसँगै पहिलो पटक गृह जिल्ला पर्साको वीरगञ्जमा पुगेका छन् । उनले पनि नेता कार्यकर्तालाई भेट्ने कार्यलाई तिव्रता दिएका छन् । 

Back to top