×

वीरगञ्ज । समाजसेवी एवम् बरिष्ठ उद्योगी अशोक वैद्यले वीरगञ्जको एक विद्यालयलाई विभिन्न सामग्री सहयोग गरेका छन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ गणेशमान चोकस्थित श्री सुन्दरमल रामकुमार कन्या माद्यामिक विद्यालयलाई केएनपी जापान प्रा.ली. का सञ्चालक वैद्यले करिब २ लाख बराबरको सामग्री सहयोग गरेका हुन् । 

बुधवार विद्यालयमै पुगेर उनले विद्यालयकी प्रधानाध्यापिका अनिता कुमारी साहलाई विभिन्न सामग्री हस्तान्तरण गरेका हुन् । उनले ५५ ईन्चको एलईडी टिभी १ थान, टेबुल १ थान, कुर्सी १ थान, कबोर्ड २ थान, स्टेन्ड पंखा २ थान, पर्खाल घडी २ थान र १ थान कार्पेट हस्तान्तरण गरेका हुन् । 

सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विद्यालयलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराएको उद्योगी वैद्यले बताए । प्राप्त सामग्रीले विद्यालय व्यवस्थापन तथा सञ्चालनमा सघाउ पुग्ने प्रधानाध्यापिका साहको भनाई छ । उनले सहयोगका लागि वैद्यप्रति आभार प्रकट गर्दै अरुलाई पनि सहयोग गर्न अनुरोध गरेकी छिन् । 

उद्योगी एवम् समाजसेवी वैद्यले वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष जगत साह कानु, विद्यालय व्यवस्थापन समिति शिक्षक प्रतिनीधि अन्नपूर्ण मानन्धर, केएनपी जापान प्रा.ली.का प्रतिनीधि प्रवीण जाधव लगायतको उपस्थितीमा सामग्री हस्तान्तरण गरेका हुन् । 
 

Back to top