×

वीरगञ्ज । सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

२०८० जेठ २१ गते त्रिभुवन शाहले जिल्ला प्रहरी कार्यालय रौतहट र जिल्ला सरकारी वकिलको कार्यालय गौरलाई समेत विपक्षी बनाएर रिट दायर गरेका थिए ।

यसअघि यस मुद्दा तीनपटक हेर्न नभ्याइने, एकपटक बेन्च बस्न नभ्याइनेमा परेको थियो । आज भने कारण देखाऊ आदेश भएको हो ।

२०६४ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीका कार्यकर्ताबिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मृत्यु भएको थियो। उक्त घटना ‘गौर हत्याकाण्ड’का रुपमा लिइएको छ ।

उक्त हत्याकाण्डमा उपप्रधानन्त्री जसपा अध्यक्ष उपेन्द्र यादवको समेत संलग्न रहेको आरोप लाग्दै आएको छ ।

Back to top