×

वीरगञ्ज । बाराको कलैयामा चर्को आवाजमा डिजे बजाउने दुई जनालाई डिजे साउन्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

कलैया बजार क्षेत्रमा मङ्गलवार राति ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा डिजे बजाउँदै रहेको अवस्थामा बजरङ्ग डिजे बडकी फुलबरीयाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा बाराकै जितपुर सिमरा उपमहानगरपालिका – १० का २५ वर्षीय नागेन्द्र राय र देवताल गाउँपालिका – १ का ५० वर्षीय जयराम सिंह रहेका बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

चर्को आवाजमा डिजे नबजाउन यसअघि सार्वजनिक सूचना नै निकालेर गरिएको आग्रहलाई अटेर गरेकाले उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको डिएसपी न्यौपानेले बताए ।

Back to top