×

वीरगञ्ज । वीरगञ्जमा सवारी दुर्घटना न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीको आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । 

सवारी दुर्घटना बढ्दै गएपछि सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने विषयका बारेमा नागरिकलाई सचेतना फैलाउन कार्यक्रमको आयोजना गरिएको केन्द्रका अध्यक्ष राम सर्राफले बताए । 

उनकाअनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ पावरहाउस चौकमा सवारी साधन चालक, यात्रु, पैदल यात्री तथा सर्वसाधारणलाई सचेतनामुलक सन्देश लेखिएको पर्चा तथा पम्पलेट पनि वितरण गरिएको छ । 

सवारी दुर्घटनालाई न्यूनिकरण गर्नका लागि ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरिएको केन्द्रका सचिव कुलनारायण प्रधानले जानकारी दिए । सो अवसरमा  सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर मुर्लीका प्रहरी कर्मचारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो । 

सामुदायिक सेवा केन्द्र श्रीपुर मुर्लीले पछिल्लो समय समुदायसँग नजिक हुने कार्यक्रमलाई तिव्रता दिएको छ । यसअघि हिजो मात्रै आगलागी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको केन्द्रले केही दिन अघि घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको थियो । 
 

Back to top