×

भारतीय फिल्म निर्देशक संजय लीला भन्सालीको एकदमै चर्चित सिरिज ‘हिरामन्डी : द डायमन्ड बाजार’ नेटफ्लिक्समा स्ट्रीम भइसकेको छ ।

आठ एपिसोडको यो सिरिजमा सोनाक्षी सिन्हा, मनीषा कोइराला, रिचा चड्ढा, शरमिन सेगल, संजीदा शेख, अदिति राव हैदरी मुख्य भूमिकामा छन् ।

के तपाईंलाई थाहा छ यी सबै अभिनेत्रीले कति पारिश्रमिक पाएका छन् ? को छ त सबैभन्दा धेरै रकम प्राप्त गर्ने ? जानौं ।

सोनाक्षी सिन्हाले फरिदनको भूमिका निभइरहेकी छन् । खबरअनुसार उनलाई यो भूमिकाका लागि दुई करोड भारतीय रुपैयाँ प्राप्त भएको छ । भन्सालीको प्रोजेक्टमा उनलाई सबैभन्दा धेरै पारिश्रमिक दिइएको छ ।

आलमजेबको भूमिका निर्वाह गरिरहेकी शरमिन सेगलले ३५ लाख रुपैयाँ प्राप्त गरेको बताइएको छ । उनी भन्सालीकी भान्जीसमेत हुन् ।

अदिति राव हैदरी बिब्बोजानको भूमिकामा देखिएकी छन् । उनको पारिश्रमिक एकदेखि डेढ करोड भारुको बीचमा रहेको खबर छ ।

टेलिभिजनकी अभिनेत्री संजीदा शेख वहीदाको भूमिकामा देखिएकी छन् । खबरअनुसार निर्माताले उनलाई ४० लाख भारु पारिश्रमिक दिएका छन् ।

त्यस्तै अभिनेत्री मनीषा कोइराला र रिचा चड्ढालाई बराबर पारिश्रमिक दिइएको खबर छ । उनीहरू दोस्रो धेरै पारिश्रमिक प्राप्त गर्ने अभिनेत्रीमा पर्दछन् । उनीहरूलाई एक–एक करोड दिइएको चर्चा छ ।

यो सिरिजमा मनीषाले मल्लिकाजानको भूमिका निर्वाह गरेकी छन् । जहाँ रिचाले भने लज्जोको भूमिका निर्वाह गरेको देखिन्छ । भन्सालीको यस सिरिजबाट फरदीन खानले बलिउडमा पुनः प्रवेश गरेका छन् । उनी वली मोहम्मदको भूमिकामा देखिएका छन् । उनलाई ७५ लाख पारिश्रमिक दिइएको छ ।

Back to top