×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । सरकार मङ्गलवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले मङ्गलवार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् ।

विदेशी राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा यसअघि पनि सरकारले सार्वजनिक बिदा दिने गरेको थियो ।

Back to top