×

अमेरिकाले पाकिस्तानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आपूर्ति गर्ने चार कम्पनीमाथि प्रतिबन्ध लगाएको छ । यसमा चीनका तीन र बेलारुसको एउटा कम्पनी रहेका छन् । अमेरिकी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै प्रतिबन्धबारे जानकारी दिएको हो ।

'प्रतिबन्ध लगाइएका तीन चिनियाँ कम्पनीहरू सियान लोङ्दे टेक्नोलोजी डेभलपमेन्ट कम्पनी लिमिटेड, तियानजिन क्रिएटिभ सोर्स इन्टरनेसनल ट्रेड कम्पनी लिमिटेड र ग्रानप्याक्ट कम्पनी लिमिटेड हुन्। बेलारुसमा रहेको मिन्स्क ह्वील ट्र्याक्टर प्लान्टमा पनि प्रतिबन्ध लगाइएको छ,’ मन्त्रालयले भनेको छ।

यी कम्पनीले पाकिस्तानको ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमका लागि आवश्यक सामग्री आपूर्ति गरेका छन्। यी कम्पनीहरूले लामो दूरीको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्रीहरू प्रदान गरेको मन्त्रालयको भनाई छ ।

Back to top