×

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको रकमसहित २ जनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट प्रमुख प्रहरी निरीक्षक पुस्कर बोगटी नेतृत्वको टोलीले स्रोत नखुलेको २२ लाख रकमसहित २ जनालाई पक्राउ गरेको हो । 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगरबाट हुण्डीको २२ लाख रकमसहित २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले पुष्ठि गरे । 

घटनाका बारेमा थप अनुसन्धान भइरहेको हुँदा पक्राउ परेका दुवै जनाको परिचय अहिले सार्वजनिक नगरिएको प्रहरी उपरीक्षक कुमोद ढुंगेलले यात्रा डेलीलाई बताए । 

Back to top