×

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साले १७ औँ स्थापना दिवस मनाएको छ । सशस्त्र प्रहरीले पर्साले सप्ताहव्यापी कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाएको हो । सप्ताहव्यापी कार्यक्रमको आज औपचारिक कार्यक्रमका बीच समापन गरिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका हेडक्वाटर पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किसन कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक माधव प्रसाद पौडेलले स्थापना दिवसको शुभकामना दिए । उनले सरोकारवाला र सशस्त्र प्रहरीबीचको अन्तरसम्बन्ध बिस्तार तथा भाइचारा वृद्धिमा कार्यक्रमले सघाउ पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा. सुवोध कुमार गुप्ता, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, बरिष्ठ उपाध्यक्ष हरी गौतम, वीरगञ्ज साइक्लिंग क्लबका अध्यक्ष संजय अग्रवाल, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, वीरगञ्ज सामुदायिक आँखा अस्पतालका मेडिकल संयोजक महेशसिंह धामी, नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष सन्दिप अग्रवाल, पुर्व अध्यक्ष अनुप अग्रवाल लगायतलाई कदर पत्रद्वारा सम्मानित गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहले जानकारी दिए । उनकाअनुसार सोही अवसरमा अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीलाई पनि सम्मान गरिएको थियो । 

कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रामाधार यादव, अवकाश प्राप्त सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दिल बहादुर थापा क्षेत्री, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, ड्राइपोर्ट भन्सार कार्यालय पर्साका प्रमुख भन्सार अधिकृत डा. रामप्रसाद मैनाली, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केशव ओली, पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुंगेल, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, व्यवसायी सुरेश रुंगटा लगायतको उपस्थिती रहेको थियो । 
 

Back to top