×

नेपाली घरमा प्रमुख खानाको रुपमा दाल, भात तरकारी नै पर्दछ । हामी चामललाई साँझ बिहानको दुई समयमा खाने गर्छौं । जसको धेरै सेवनले तौल बढ्ने समस्या पनि हुन सक्छ ।

तर, चामल दैनिक खाएर पनि तपाईंले तौल कम गर्न सक्नुहुन्छ । चामललाई पकाउने तरिका परिवर्तन गरेर पनि स्वस्थ तरिकाले खान सकिन्छ ।

स्वास्थ्य विशेषज्ञका अनुसार यदि चामललाई आयुर्वेदिक तरिकाले पकाइयो भने तौल नियन्त्रण गर्न पनि सकिन्छ । साथमा यो स्वास्थ्यका लागि फाइदाजनक पनि हुन्छ ।

चामल ग्लुटेन फ्रि हुन्छ । साथमा यसमा आइरन, पोटाशियम, भिटामिन बी जस्ता तत्व पाइन्छन् जो शरीरका लागि एकदमै जरुरी हुन्छ ।

चामललाई स्वस्थ बनाएर खान यसमा हुने स्टार्च निकाल्नु पर्ने हुन्छ । यसो गर्नाले तपाईं मोटोपन, मधुमेह, पीसीओडी र थाइराइड जस्ता समस्याबाट बच्न सक्नुहुन्छ ।

यसका लागि सबैभन्दा पहिला चामललाई सुख्खा अवस्थामै हल्का भुट्नुहोस् । यसमा नुन र घ्यू राख्नुहोस् । त्यसपछि चामललाई पानीमा राख्नुहोस् र उमाल्नुहोस् ।

त्यसपछि उक्त पानीलाई छानेर फाल्नुहोस । यसरी पकाइएको चामल  स्वास्थ्य का लागि फाइदाजनक हुन्छ । यसरी खाँदा तौल नियन्त्रित हुनुका साथै अन्य रोगमा पनि फाइदाजनक हुनेछ ।

Back to top