×

गाजा । इजरायलले गाजामा रहेको माघाजी शरणार्थी शिविरमा हवाई आक्रमण गर्दा बालबालिकासहित ११ जनाको मृत्यु भएको छ ।

शरणार्थी शिविरमा लगातार इजरायलले हमला गर्न थालपछि यस्तै इजरायलले दक्षिणी लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका कमान्डरसहित तीन जना मारिएका छन्। लेबनानका सुरक्षा अधिकारीले इजरायली हमलाको पुष्टि गरेका छन्। 

आक्रमणमा हिजबुल्लाह कमान्डर इसमाइल बाज मारिएको इजरायली सेनाको दाबी छ। इजरायली सेनाले जारी गरेको भिडियोमा हिजबुल्लाह कमान्डरको गाडीमा आक्रमण भएको देखिएको छ। 

हिजबुल्लाहले पनि आफ्ना सैन्य कमान्डरको निधनप्रति शोक व्यक्त गरेको छ। त्यस्तै दक्षिणी गाजामा इजरायलले गरेको अर्को आक्रमणमा हिजबुल्लाहका अन्य दुई सदस्य मारिएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

Back to top