×

फाइल तस्बिर ।

वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली मधेस प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन् ।

मधेस प्रदेश सरकारबाट नेपाली काँग्रेस बाहिर हुँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले चौथो पटक विश्वासको मत लिन लागेका हुन् ।

केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि मधेस प्रदेश सभाबाट नेपाली काँग्रेस बाहिर गएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका छन् । यादवको पक्षमा स्पष्ट बहुमत भए पनि संवैधानिक व्यवस्था अनुसार विश्वासको मत लिन लागेका हुन् ।

प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता समेत रहेका यादवको नेतृत्वमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा रहेकाले सरकारसँग स्पष्ट बहुमत रहेको भए पनि संविधानको प्रावधान अनुसार विश्वासको मत फिर्ता लिएपछि विश्वासको मत लिन लागेका छन् ।

मधेस प्रदेश सभामा नेकपा एमालेका २५, जनता समाजवादी पार्टी नेपालका १९, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ९ , नेकपा माओवादी केन्द्रका ९, नेकपा एसका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका १, नागरिक उन्मुक्ति पार्टी १ र नेपाल सङ्घीय समाजवादी पार्टीका १ जना प्रदेश सभाका सदस्य रहेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका २२ र जनमत पार्टीका १३ जना सदस्य रहेका छन् ।

यी दुई पार्टीको मत मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा जाने सम्भावना रहेको छ ।

Back to top