×

महिलाले प्रायः आफ्नो अनुहारमा देखिने अनावश्यक रौं हटाउन थ्रेडिङ गर्छन् । यो अनावश्यक रौं निकाल्ने एकदमै दुःखद तरिका हो ।

सामान्य रुपमा थ्रेडिङ गर्दा छाला सम्बन्धी ठूलै समस्या झेल्नुपर्ने त हुँदैन । तर, तपाईंले थ्रेडिङ गरेपछि छालाको सही तरिकाले स्याहार गर्नुभएन भने यसले चिलाउने, इरिटेशन तथा रातो हुने जस्ता समस्या देखिन्छ ।

थ्रेडिङ गरेपछि तपाईंले छालालाई पटकपटक छुनुहुँदैन । थ्रेडिङ गरेपछि छाला एकदमै संवेदनशील भएको हुन्छ जसले गर्दा यसमा संक्रमण हुने खतरा बढ्छ । थ्रेडिङ गरे लगत्तै मेकअप गर्नबाट पनि जोगिनु पर्छ । यसले छालामा इरिटेशन हुन सक्छ । खासगरी आँखाको मेकअप गर्नबाट बच्नुहोस् ।

थ्रेडिङ गरेपछि सिधा घाममा जानबाट पनि जोगिनुपर्छ । यसले तपाईंको थ्रेडिङ  गरेको छाला रातो हुने तथा पोल्ने समस्या हुन सक्छ । थ्रेडिङ गरेपछि वरिपरिको छाला सुख्खा हुने गर्छ । यसबाट बच्न मोइस्चराइजर लगाउन सक्नुहुन्छ तर, यसका लागि प्राकृतिक एलोवेरा जेल जस्ता चिजको पनि प्रयोग गर्न सक्नुहुन्छ । थ्रेडिङ गरेपछि कम्तीमा पनि दुई घण्टासम्म तातो पानीबाट टाढा रहनुहोस् । थ्रेडिङ गरेको छालामा तातो पानीको प्रयोग नगर्नुहोस् ।

Back to top