×

वीरगञ्ज । पर्साबाट प्रहरीले २० लाख भन्दा बढी मूल्यका सामानसहित पशुचौपाया नियन्त्रणमा लिएको छ । प्रहरीले २० लाख ९३ हजार मूल्य बराबरका सामानसहित पशु्चौपाया नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई आएको विशेष सूचनाको आधारमा जाँच गर्दा फरकफरक स्थानहरुबाट भन्सार छलीका ति सामानहरु पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ छपकैयाबाट ४ लाख ५१ हजार मूल्यको कुर्ता सुरुवाल, कार्पेट र थान कपडाहरू बरामद गरेको उनले बताए ।

यस्तै प्रहरी टोलीले वीरगञ्ज वडा नं.२१ परवानीपुर चोकबाट ना.५ च ३३८६ नम्बरको पिकअपबाट २ वटा दुहुना भैंसी र १ वटा पाडा नियन्त्रणमा लिएको डिएसपी थापाले जनाए ।

वीरगञ्जबाट नवलपरासीतर्फ जाँदै गरेको अवस्थामा भैंसी साहु जिल्ला पर्सा बहुदरमाई न.पा.वडा नं.५ बस्ने वर्ष ५५ को जोतनारायण यादव समेतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बरामद सामानसहित पशुचौपाया तथा पिकअपलाई आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको पर्सा प्रहरीले जनायो ।

Back to top