×

वीरगञ्ज ।  बिहीबारदेखि सुरु हुन गइरहेको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा पर्सा जिल्लाबाट १० हजार २५३ जना परीक्षार्थी सहभागी हुने भएका छन् । यसवर्षको एसईईमा पर्सा जिल्लाबाट नियमित, प्राविधिकधार र ग्रेडबृद्धि तर्फ गरी कूल १० हजार २५३ जना परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्साले जानकारी दिएको हो ।

नियमिततर्फ ९ हजार ५२५ जना, प्राविधिकधारतर्फ १८५ र ग्रेडवृद्धितर्फ ५४३ जना परिक्षार्थी एसइईमा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाई पर्साका परिक्षा सहायक गोपाल साहले जानकारी दिए । उनका अनुसार, पर्सामा यसबर्ष गत बर्षको भन्दा यस बर्ष ५२८ जना बढी परीक्षाथर्थी एसईईमा सहभागी हुदैं छन् ।

गत बर्षको एसईईमा पर्साबाट ९ हजार ७२५ जना परीक्षार्थी सहभागी भएका थिए । पर्सामा एसईईका लागि २६ वटा परीक्षा केन्द्र तोकिएको साहले जानकारी दिए । बिहीबारदेखि सुरु हुने एसईई चैत २७ गतेसम्म सञ्चालन हुनेछ ।

यसबर्षको एसईईमा देशभरबाट सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ वटा विद्यालयका गरी दुई लाख ५० हजार सात सय ७२ छात्रा, दुई लाख ५३ हजार छ सय २७ छात्र र अन्य १५ जना गरी कूल ५ लाख ४ हजार ४१४ जना परीक्षार्थी सहभागी हुदैंछन् । देशभर २ हजार ६४ वटा परीक्षा केन्द्र तोकिएको राष्ट्रिय परक्षिा बोर्डले जनाएको छ ।

Back to top