×

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा प्रदर्शनमा उत्रिएका आम आदमी पार्टीका कार्यकर्ताको समाचार संकलन गर्न पुगेका फोटो पत्रकारहरूसँग दिल्ली पुलिसले दुर्व्यवहार गरेको घटना बाहिर आएको छ।

द हिन्दुमा प्रकाशित समाचार अनुसार दिल्ली प्रहरीसँगको झडपमा हिन्दुस्तान टाइम्सका फोटो पत्रकार सलमान अलीको हात भाँचिएको छ । द हिन्दुसँग कुरा गर्दै उनले भने, ‘त्यहाँ ठुलो मात्रामा प्रहरी तैनाथ गरिएको थियो । उनीहरूले सञ्चारकर्मीसँग दुर्व्यवहार गरिरहेका थिए।’

घटनास्थलबाट खिचिएको तस्बिरमा इन्डिया टुडे समूहका फोटो पत्रकार अरुण ठाकुरको घाँटीमा एकजना प्रहरीले समाएको पनि देखिएको छ । विभिन्न सञ्चारमाध्यमका फोटो पत्रकारमाथि भएका घटनालाई ध्यानमा राख्दै प्रेस क्लब अफ इन्डियाले विज्ञप्ति जारी गर्दै दिल्ली प्रहरीको आक्रमणको भर्त्सना गरेको छ ।

प्रेस क्लबले आफ्नो विज्ञप्तिमा लेखेको छ, ‘यस विषयमा सेवानिवृत्त न्यायाधीशबाट उच्चस्तरीय छानबिनको माग गर्दछौँ । घटनाको छानबिन नहुँदासम्म आक्रमणकारी प्रहरीलाई तत्काल निलम्बन गरिनुपर्छ ।’

Back to top