×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । नेपाली बजारमा आज (मङ्गलवार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलवार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो ।

सोमबार १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर १ हजार ५ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Back to top