×

खराब खानपान र बिग्रँदो जीवनशैलीको कारण मधुमेहका बिरामीको संख्या तीव्र गतिमा बढिरहेको छ । खानपान राम्रो तथा स्वस्थ बनाएर यसलाई नियन्त्रण गर्न सकिन्छ ।

मधुमेह भएको अवस्थामा पाकेको जसरी काँचो केरामा कुनै शंका गर्नु पर्दैन । मधुमेहको अवस्थामा पनि तपाईंले काँचो केरा ढुक्कसँग खान सक्नुहुन्छ । यो एकदमै फाइदाजनक पनि हुन्छ ।

काँचो केरामा जिंक, भिटामिन सी र बी ६, पोटाशियम, म्याग्नेशियम, क्याल्सियम, फस्फोरस जस्ता गुण पाइन्छन् । काँचो केरा प्रतिरोधी स्टार्च, फाइबर र एन्टीडायबिटिक गुणले पनि भरपूर हुन्छ । यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्दछ । साथमा यसको ग्लाइसेमिक इन्डेक्स पनि कम हुन्छ ।

काँचो केरामा भिटामिन सी र ए जस्ता गुण हुन्छन् । जसले पेटसँग जोडिएका समस्या कम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । तौल घटाउन चाहनुहुन्छ भने पनि तपाईंले काँचो केरा खानपानमा समावेश गराउनुहोस् । यसमा फाइबर पनि भरपूर हुन्छ ।

छालालाई स्वस्थ राख्न पनि काँचो केराको सेवन गर्न सकिन्छ । यसमा हुने भिटामिन तथा एन्टीअक्सीडेन्टहरुले चाउरीपना, तथा बुढो हुँदै जाँदा छालामा हुने समस्या कम हुन्छन् । काँचो केरालाई सलाद, चिप्स, तरकारी, अचार आदि बनाएर पनि खान सक्नुहुन्छ । साथमा यसलाई तपाईंले उसिनेर पनि सेवन गर्न सक्नुहुन्छ ।

Back to top