×

खराब खानपान तथा चिल्लो धेरै खाँदा कब्जियतको समस्या हुन थाल्छ । कब्जियतको कारणले दिशा समयमा नलाग्ने र पेट दुख्ने पनि हुने गर्छ ।

कब्जियत भगाउनका लागि तपाईं यदी औषधीको सेवन गर्न चाहनुहुन्न भने घरेलु उपाय गर्न सक्नुहुन्छ । त्यो पनि एकदमै सजिलो छ यसका लागि एउटा फल मेवा खाए हुन्छ । प्रशस्त मात्रामा मेवाको सेवन गरेमा तपाईंलाई कब्जियतले भएको समस्या तुरुन्तै निको हुनेछ ।

मेवामा भिटामिन ए, फोलेट, फाइबर, कपर र पोटाशियम जस्ता पोषक तत्वहरु पाइन्छन् जसले शरीरलाई स्वस्थ राख्न सहयोग गर्छन् । मेवा पेटका लागि फाइदाजनक हुन्छ । यसमा पेपैन र हाइपोपेपैन जस्ता पोषक तत्वहरु पाइन्छन् जसले अपच, ग्यास र कब्जियत जस्ता समस्याबाट राहत दिन्छ ।

मेवामा भएको एन्टीअक्सीडेन्ट गुण मुटुका लागि पनि राम्रो मानिन्छ । साथमा यसलाई खाँदा शरीरको रक्तसञ्चार प्रक्रिया पनि राम्रो हुन्छ । यदी शरीर सुन्निने समस्या भएमा पनि मेवाको सेवन गर्न सकिन्छ । यसको एन्टीइन्फ्लामेटरी गुणले सुन्निएको कम गर्छ । यदी तौल कम गर्न लागिरहनु भएको छ भने पनि मेवाको सेवन फाइदाजनक मानिन्छ । यसले तपाईंको पेट लामो समय भरेर राख्नेछ जसले गर्दा तपाईं अन्य धेरै खानेकुरा खानबाट बच्नुहुन्छ ।

यदी तपाईंलाई मेवासँग कुनै प्रकारको समस्या वा एलर्जी छ भने मेवा खानुअघि डाक्टरको सल्लाह लिनु पर्दछ । अन्यथा यो फल शरीर तथा विशेषगरी पेटका लागि एकदमै फाइदाजनक हुन्छ ।

Back to top