×

मेवा धेरै गुणहरूले भरपूर हुन्छ । विशेषगरी यो बिहान खाली पेटमा खान पनि एकदमै राम्रो फल मानिन्छ । तर, के तपाईंलाई थाहा छ ? मेवाको बीज खाँदा पनि शरीरलाई फाइदा हुन सक्छ । यदि थाहा छैन भने आज हामी बताउनेछौं ।

मेवाको बीजमा फाइबर, स्वस्थ फ्याट, प्रोटिन, क्याल्सियम, म्याग्नेशियम, आइरन, भिटामिनहरू र खनिज प्रचुर मात्रामा पाइन्छ । यी सबै पोषक तत्वहरू स्वास्थ्यका लागि एकदमै फाइदाजनक मानिन्छन् ।

मेवाको बीज सेवन गर्नका लागि सबैभन्दा पहिला बीजलाई सफा गरेर सुकाउनुहोस् । सुकेका बीजलाई पिसेर त्यसको पाउडर बनाउनुहोस् । अब यो पाउडरलाई आफ्नो भोजन, स्मुदी तथा सलादमा मिसाएर खान सकिन्छ ।

महिलाहरूमा महिनावारीका क्रममा कैयौं समस्याहरू हुने गर्छन् । यस्तोमा मेवाको बीज खाँदा केही हदसम्म पेट दुख्नबाट आराम हुन्छ ।

यदी तपाईं तौल कम गर्न चाहिरहनु भएको छ भने आफ्नो खानपानमा मेवाको बीज समावेश गर्नुहोस् । यसले तौल कम गर्न पनि सहयोग हुन्छ ।

मेवाको बीज सेवन गर्नाले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा पनि कम गर्न सहयोग हुन्छ । साथमा यसले बाथ तथा यूरिक एसिडको दुखाईमा पनि राहत दिन्छ ।

भिटामिन सी र एन्टीइन्फ्लामेटरी गुणले भरपूर मेवाको बीज सेवन गर्नाले गठियामा खुट्टा सुन्निएको कम गर्न सहयोग हुन्छ । मेवाको बीजमा भरपूर मात्रामा फाइबर हुन्छ । त्यसैले यसको सेवन गरेर पाचन प्रणाली बलियो बनाउँछ ।

Back to top