×

वीरगञ्ज । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ ।

पार्टी महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीमा एक सर्कुलर जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको जानकारी गराएका छन् । यसअघि उनलाई भारत प्रवासको जिम्मेवारी दिन पार्टीले प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए ।

यस्तै माओवादीले दुई नेताको सरुवा पनि गरेको छ। केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशमा खटिएकोले उनलाई सोही प्रदेशमा सरुवा गरिएको गुरुङको परिपत्रमा उल्लेख छ ।

Back to top