×

जाडोमा तातो बेडमा सुत्न सबैलाई मन पर्छ । धेरैले बेड तातो बनाउन इलेक्ट्रिक ब्ल्यांकेटको प्रयोग गर्दछन् ।

यो ब्ल्यांकेट र स्वास्थ्यका बारेमा भने बहस भइरहने गर्छ । त्यसैले आज इलेक्ट्रिक ब्ल्यांकेट स्वास्थ्यका लागि कति सुरक्षित छ भन्नेबारे जानौं ।

विशेषज्ञको भनाईअनुसार, इलेक्ट्रिक ब्ल्यांकेट बिछ्याउन वा ओढ्नका लागि प्रयोग गरिन्छ । तर, यसको धेरै प्रयोग गर्नु स्वास्थ्यका लागि सुरक्षित मानिँदैन । कुनै पनि विद्युतीय सामग्रीको सम्पर्कमा लामो समय रहनु हानिकारक हुन्छ ।

यदि तपाईं रातभर यस्ता ब्ल्यांकेट अन गरेर सुत्नुहुन्छ भने छाला पोल्ने, जल्ने आदि समस्या हुन सक्छ । ओभरहिटिङले छाला तथा शरीरमा अन्य समस्या पनि ल्याउन सक्छ ।

घरमा बच्चा छ भने उसलाई यस्ता इलेक्ट्रिक ब्ल्यांकेटबाट टाढा राख्नुहोस् । यो धेरै तातो भयो भने पनि निद्रामा बाधा आउन सक्छ । यसले जैविक प्रक्रियामा पनि बाधा ल्याउँछ । धेरै तातोले रक्तसञ्चार पनि प्रभावित हुन सक्छ ।

Back to top