×

वीरगञ्ज ।  नेपाल प्रहरीले ठूलो संख्यामा भर्ति खुलाएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो ।

प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको हो ।

खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ । चैत ९ गतेसम्म आवेदन दिनु पर्ने शुक्रबार प्रकाशित विज्ञापनमा उल्लेख छ ।

नेपाल प्रहरीलले गत कात्तिक ३ गते प्रकाशित गरेको विज्ञापनमा थन जनशक्ति माग गरेको छ । जसअनुसार प्रहरी सहायक निरीक्षक पदमा १०५ जना थप जनशक्ति माग भएको हो ।

हेर्नुहोस् विज्ञापन

Back to top