×

भारत सरकारले मोबाइल फोनको मुख्य भागको आयातमा भन्सार महशुल १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको संघीय सरकारले बताएको छ। 

अर्थ मन्त्रालयको राजश्व विभागले यससम्बन्धी आधिकारिक सूचना जारी गर्दै भन्सार महशुल घटाइएको जनाएको हो।

महसुस घटाइएका वस्तुहरूमा स्क्रु, सिम सकेट, ब्याट्री कभर, मेन कभर, जीएसएम एन्टेना वा मोबाइल फोनका मेकानिकल वस्तुहरू समावेश छन्। 

इण्डिया सेलुलर एण्ड इलेक्ट्रोनिक्स एसोसिएसन (आईसीईए) ले भारत र अन्य प्रमुख मोबाइल फोन उत्पादक देशहरूमा लगाइने आयात शुल्कमा ठूलो भिन्नता रहेको भन्दै संघीय सरकारसमक्ष प्रतिवेदन बुझाएपछि यो निर्णय गरिएको हो। 

आईसीईए प्रतिवेदनमा मोबाइल फोनका कम्पोनेन्टमा उच्च भन्सार महशुलले अन्तिम उत्पादनको मूल्य बढेको उल्लेख गरेको थियो। 

यो कदमलाई भारतको मोबाइल फोन उत्पादन सुविधाहरू थप प्रतिष्पर्धी बनाउन योग्य बनाउने बताइएको छ।

Back to top