यू–१९ विश्वकप क्रिकेटको सुपर ६ मा भारतविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।
दक्षिण ब्लोइमफोन्टेनमा केही समयमा सुरु हुने खेलमा भारतले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो।
अन्तिम खेलमा नेपाल जित हासिल गर्दै प्रतियोपिगतामा सुखद अन्त्यको लक्ष्यमा रहेको छ। बुधबार भएको पहिलो खेलमा भने नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो।
नेपाल विश्वकपको सुपर-६ बाटै बाहिरिसकेको छ ।