×

जापानको अन्तरिक्ष एजेन्सीले चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्ष यानको सफ्ट ल्यान्डिङ पुष्टि गरेको छ। जापानको अन्तरिक्ष एजेन्सी जाक्साले यो मिसनलाई ‘कोसेढुंगा’ र भावी अन्तरिक्ष अन्वेषण अभियानका लागि ठूलो कदम भनेको छ। जाक्साका अध्यक्ष हिरोशी यामाकावाले अवतरण सफल भएको बताउँदै अन्तरिक्ष यानसँग सञ्चार सम्भव भएको बताए।

उनले चन्द्रमाको सतहमा अवतरण र सञ्चारलाई मिसनको ‘न्यूनतम सफलता’ भनेका छन्। उनले थप निष्कर्ष निकाल्न तथ्यांकको मूल्यांकन गर्ने बताए। उनले थप निष्कर्ष निकाल्न तथ्यांकको मूल्यांकन गर्ने बताए । जाक्साका अध्यक्ष हिरोशी यामाकावा।

अवतरण सफल भएको तर एजेन्सीलाई विश्लेषण गर्न करिब एक महिना लाग्ने उनको भनाइ छ। हिरोशी यामाकावाले जापान पनि मंगल ग्रह जाने योजनामा रहेकाे बताए।

अमेरिका, पूर्व सोभियत संघ, चीन र भारतपछि चन्द्रमाको सतहमा पुग्ने पाँचौं देश जापान हो। गत वर्ष मात्रै भारतले चन्द्रयान सफलतापूर्वक चन्द्रमाको सतहमा पठाएको थियो। नासाका पूर्व वैज्ञानिक डा. एम्मा गाट्टीले यो प्रयासलाई अभूतपूर्व भनेकी छन्।

Back to top