जम्मु कश्मिरमा आतंककारीको आक्रमणमा परी ५ जना भारतीय सेनाको मृत्यु भएको छ। सोमवार साँझ जम्मु जिल्लाको पोँच भन्ने स्थानमा आतंककारीले आक्रमण गरेका थिए। आतंककारीको आक्रमणमा परी सेनाको मृत्यु यसवर्षकै धेरै भएको टाइम्स अफ इन्डियाले जनाएको छ।
जवाफी कारवाहीमा ३ जना विद्रोही इन्काउन्टरमा मारिएको भारतीय सेनाले दाबी गरेको छ। उनीहरुको साथबाट गोलाबारुदसमेत बरामद गरिएको बताइएको छ। पाकिस्तान र भारतको लाइन अफ कन्ट्रोलमा अहिले भारतीय सेनाले अपरेसन जारी गरिरहेको जनाइएको छ।