×

वीरगञ्ज । प्राप्त समाचार अनुसार वीरगञ्ज भन्सार र सुख्खा बन्दरगाहमा क्लियरिङ एजेन्टको काम गर्दै आएको सुशील टिबडेवाल खानदानी भारतीय नागरिक भएको यथेष्ट प्रमाण फेला परेको छ ।

सुशील टिबडेवाल खानदानी भारतीय नागरिक भएको यथेष्ट प्रमाण फेला परे पनि मुद्रा दोहन गरि उन्मुक्ति दिने काम बाहेक हाल सम्म केही भएको छैन ।

राज्य सत्तामा पहुंच भएकाहरुसंग नाता गांसेर टिवडेवाल ब्रदर्सले वीरगञ्ज भन्सारलाई दुहुनो गाई बनाएर कमाई रहेका छन ।

यी दुई दाजुभाईले विगतमा मेमोरी कार्डको अवैध कारोवारका साथै राजश्व छलीका लागी अनलाईन प्रणाली नहुंदा नक्कली भ्याट बिल समेत विक्रि गर्दै आएका थिए भन्ने कुरा उनी निकट श्रोतकै दावी छ ।

सुशील र कमल दुबैको आमा बुबा हालसम्म भारतीय नागरिक नै रहेको र सम्पूर्ण खानदानको नाम भारतीय मतदाता सूचीमा भए पनि उनीहरु नेपालको नागरीकता कसरी लिन सफल भए यसको छानबिन तर्फ कसैको ध्यान किन न गएको होला ? सहजै अनुमान गर्न सकिन्छ ।

केही राजनीतिक दलका नेता र राष्ट्रघाती कर्मचारीहरु मिलेर देश लुटिरहेको वर्तमान परिस्थितिमा जनता टुलुटुलु हेरेर बस्न बाध्य बनाइएको छ ।

दोहोरो नागरिक सम्बन्धी प्रमाण सहित सयकडौं उजुरी जिल्ला प्रसाशन कार्यालय पर्सा र गृहमन्त्रालयमा परे पनि कारवाही नहुंदा देश दिन प्रति दिन टाट पल्टिने अवस्थामा पुगेको छ ।

एका तिर विभिन्न कारणले मुलुकको अर्थतन्त्र धारासायी बन्दै गएको अवस्थामा द्वध नागरिकहरुले नेपालमा राजश्व छली र बैंक लोन लिएर पचाउने मुख्य उदेश्य लिएर बसे पनि यिनिहरु विरुद्ध परेको उजुरीहरु उपर राज्य संयन्त्रले लिनु पर्ने आवश्यक निर्णय नलिंदा देश टाट पल्टिने अवस्थामा पुगेको जानकारहरुको तर्क छ ।

Back to top