×

वीरगञ्ज । भारतको जम्मु कश्मिर राज्यका फरार अपराधी नेपाली नागरिक रहेको खुलासा भएको छ ।

भारतीय प्रहरीको फरार सूचिमा रहेका कुख्यात अपराधी अमरजित सिंह (सौकी) प्राप्त खबर अनुसार नेपाली नागरिकता लिएर नेपालमै व्यवसाय गरेर बसेको रहष्य उजागर भएको छ ।

अमरजित सिंह (सौकी) भारतीय नागरिकले नेपाली नागरिकता पनि लिएर व्यावसायी खडा गरेको समाचार प्राप्त भएको छ । नेपालको कानुनले दोहोरो नागरिकतालाई बर्जित गरेको छ ।

पंजाबलाई छुट्टै देश बनाउन सशस्त्र विद्रोह गर्दै आएका खालीस्तानी संगठनसँग कनेक्सन रहेका गुरुबचन सिंहका छोरा अमरजित सिंह (सौकी) लाई भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचिमा राखेर खोजी गर्न थालेपछि यतिखेर उनी भेष बदलेर नेपाली नागरिकता समेत प्राप्त गरी नेपालमै व्यवसाय गरिरहेको निकट स्रोतको दाबी छ ।

सशस्त्र पृथकतावादी संगठन खालीस्तानी संगठनको सदस्य रहेकोले अमरजित सिंह (सौकी) नानक नगर जम्बुबाट एफ.आए.आर अथवा दर्ता नम्बर ३०२/२०२१, ४०६, ४२०, ४६८,  ७४१, ४३,१२० B/RPCIP/S गान्धीनगरबाट अरेष्टवारेन्ट जारी भएको छ । 

यता स्रोतका अनुसार अमरजित सिंह (सौकी) जम्बु गूरु नानक नगरका स्थानियहरुको दत्ता फाईनान्स प्रा.लीमा रहेको करोडौ नगद समेत लिई पनि फरार रहेका छन् । 

जोनल हेड क्वार्टर्स, क्राइम ब्रान्च जम्मूको खोजी सूचिमा रहेका अमरजित सिंह (सौकी) को खोजीका लागी अहिले सुचना समेत जारिगरिएको छ ।  

भारतीय प्रहरीले सुचना जारी गरी खोजतलासमा जुटेको छ । स्रोतका अनुसार भारतीय प्रहरीले नेपाल प्रहरीको समन्वयमा अहिले अनुसन्धान सुरु गरेकोे छ ।
 

Back to top