वीरगञ्ज । सर्वोच्च अदालतले टिकटकमाथिको प्रतिबन्ध हटाउने अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मङ्गलवार न्यायाधीश विनोद शर्माको एकल इजलासले टिकटक प्रतिबन्ध खारेजीबारे कुनै निर्णय नदिएको हो ।
कात्तिक २७ को मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि रोक लगाउन गरेको निर्णय वाक तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध रहेको बताउँदै सर्वोच्चमा १४ ओटा रिट दर्ता भएका थिए ।
मङ्गलवार ती रिटउपर भएको छुट्टाछुट्टै बहसपछि सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चमा दायर भएका रिटमा टिकटक प्रतिबन्धको निर्णयले अभिव्यक्ति स्वतन्त्रताको हक, सूचनाको हक तथा समाचारको हकको गम्भीर उल्लङ्घन भएको दाबी गरिएको छ ।