भारतीय अन्तरिक्ष संस्थान इसरोले शनिबार आदित्य एल वन मिसनको अपडेट दिएको छ।
भारतको यो सूर्य अभियानले अहिलेसम्म पृथ्वीबाट ९ दशमलव २ लाख किलोमिटरको कीर्तिमानी दूरी पार गरेको बताइएको छ ।
इसरोले अब आदित्य एल-वन पृथ्वीको प्रभावबाट बाहिर निस्किएको बताएको छ ।यो पनि भनिएको छ कि यो दोस्रो पटक हो जब इसरोको मिशन पृथ्वीको प्रभाव क्षेत्रबाट बाहिर गएको छ।
यो पहिलो पटक मार्स अर्बिटर मिशनको समयमा गरिएको थियो।